पुस १५, काठमाडौँ । नयाँ वर्षलाई स्वागत गर्दै आज गुरुङ
समुदायले तमु ल्होछार मनाएका छन् ।
ल्होछार
शब्दमा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भन्ने हुन्छ ।
सोही अनुसार वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनि मनाउने गरिन्छ । गुरुङ
समुदायले आज तमु ल्होसारलाई भव्यरुपमा नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।
सूर्यको
किरणसँग ‘तमु ल्होसार’ पर्व सम्बन्धित रहेको हुन्छ । नेपालका
गोरखा, लमजुङ, मनाङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की
जिल्लामा गुरुङ
समुदायको बाहुल्यता रहेको छ । उक्त जिल्ला तथा काठमाडौँ उपत्यकामा रहेका गुरुङ समुदायहरुले
सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
त्यस्तै
अहिले तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रहरुमा पनि सूर्यको ताप आउने
भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास रहेको छ ।
किम्वदन्ती
अनुसार पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने मान्यता
रहेको छ ।
ल्होछारको
अवसरमा आज काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका
छन् ।
आज तमु
ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
- न्युज बहार संवाददाता