असार १२, काठमाडौँ । बिहीबार बिहान १०
बजेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन हुने भएको छ ।
परीक्षा
नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसी आजै
नतिजा सार्वजनिक गर्ने तयारी थियो तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै
नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।
उनले भने ‘आजै नतिजा सार्वजनिक गर्ने गरी
तयारी गरेका थियौँ तर सबै प्रकृया पुरा गर्दा रात पर्ने भयो त्यसैले भोलि बिहान ७ बजे फेरि
बोर्ड बैठक बोलाएका छौँ, त्यसपछि भने नतिजा सार्वजनिक गर्ने तयारी छ ।’
- न्युज बहार संवाददाता