कात्तिक
२४, काठमाडौँ । दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपा- राष्ट्रिय
स्वतन्त्र पार्टीले गरेको छ । आज शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठक बसेको
थियो । पार्टीका नेता कवीन्द्र बुर्लाकोटीका अनुसार सोही बैठकले यस्तो निर्णय
गरेको हो ।
बुर्लाकोटीका
अनुसार आन्दोलनको मुख्य उदेश्य सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज
पीडितका समस्या समाधान, मुलुकमा
व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउनु, संविधान संशोधनसँग सरोकार
राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित, प्रवासमा रहेका नेपाली
युवाहरूको मुलुक निर्माणमा सहभागिता लगायत रहने छ ।
- न्युज बहार संवाददाता