साउन २३, काठमाडौँ । आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ ।
पार्टीका
प्रवक्ता मनिष झाले आज शुक्रबार बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार
सम्मेलनमा बोल्दै लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको
र कानुनी तथा राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।
अन्य
दलका नेताहरूको नैतिक आचरणमाथि प्रश्न उठाउँदै प्रवक्ता झाले सरकार र प्रहरी
प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप समेत लगाएका छन ।
- न्युज बहार संवाददाता