Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति घोषणा

  •   १ वर्ष अघि | ३० साउन २०८२, बिहिबार

साउन २९, काठमाडौँ। फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति घोषणा गरिएको छ । विराज भट्टको शीर्ष भूमिका रहने यस फिल्मलाई चैत २७ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको हो । फिल्म युनिटले प्रदर्शन मिति सहित भट्टको पहिलो झलक पनि सार्वजनिक गरेको छ ।

फिल्म छायांकन आउँदो सातादेखि सुरु हुने जनाइएको छ । आज विहिबार ललितपुरमा धार्मिक विधिअनुसार शुभसाइत पूजा आयोजना गरिएको थियो । शुभसाइत पूजा गरी छायांकन सुरु भएको जानकारी फिल्म युनिटले दिएका छन ।

फिल्मको पहिलो सार्वजनिक पोस्टरमा भट्ट क्रोधित मुद्रामा देखिएका छन् । यो फिल्ममा विराज भट्टका साथै सुशील श्रेष्ठ, दिब्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, आयुषसिंह ठकुरी, दिनेश डीसी, खुसी कार्की, सुनिल थापा, कनिज कोइराला, रवि गिरीको अभिनय रहनेछ ।

  • न्युज बहार संवाददाता

थप