असार २१,
काठमाडौँ । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् ।
शुक्रबार त्यसका लागि संसद सचिवालयलाई पत्र पठाइएको जानकारी प्राप्त भएको छ ।
सङ्घीय
संसदका महासचिवलाई सम्बोधन गरेर प्रचण्डले पठाएको पत्रमा सरकारमा सहभागी
दलहरूमध्ये एक दल अर्थात एमालेले आफ्नो समर्थन फिर्ता लिएको भएर विश्वासको मत लिन
लागेको र का विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको
कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ ।
- न्युज बहार संवाददाता