माघ ६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आज
मंगलबार अपराह्न दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उनले मनोनयन
प्रक्रिया पूरा गरेका हुन्। उक्त अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले
सचिव हिक्मत कार्कीको पनि उपस्थिति रहेको थियो।
मनोनयन
दर्ताअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले रास्वपाका कार्यकर्ताबाट केही
अवरोधको प्रयास भएको बताए। उनले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारको
ध्यानाकर्षण गराउँदै झापाका पाँचै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने
दाबी गरे।
- न्युज बहार संवाददाता