साउन ६, काठमाडौँ । बंगलादेशमा रहेका
नेपाली विद्यार्थीहरु नेपाल फर्किएका छन । बंगलादेशमा रहेको जारी आरक्षण विरोधी
आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका हुन ।
विमानस्थलबाट आजमात्रै केही
विद्यार्थी काठमाडौँ अवतरण गरेका छन्। केही नेपाली विद्यार्थीहरू जो बङ्गलादेशको सवार क्षेत्रको इनाम
मेडिकल कलेजमा पढ्थे उनिहरु आज स्वदेश फर्किएका छन ।
परराष्ट्र
मन्त्रालयले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि अनलाइन फारम भर्न
सूचना जारी समेत गरेको छ ।
- न्युज बहार संवाददाता