भदौ
३०, काठमाडौँ । सरकारले पर्सि
अर्थात् असोज १ गते शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको
मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका
हुन्।
उनका अनुसार असोज १ गते सार्वजनिक बिदा
दिइनेछ र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाइनेछ।
सरकारले जेनजी
आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ। साथै, ती व्यक्तिहरूको राष्ट्रिय सम्मानका साथ
अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको मन्त्री अर्यालले बताए।
- न्युज बहार संवाददाता