Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोली हुने भ्रष्टाचारविरोधी प्रदर्शनप्रति मेयर बालेन शाहको पूर्ण समर्थन

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

भदौ २२, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबार आयोजना हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनप्रति पूर्ण समर्थन जनाएका छन्।

शाहले फेसबुकमार्फत र्‍याली २८ वर्षभन्दा कम उमेरका युवाहरूको स्वतःस्फूर्त पहल भएको उल्लेख गर्दै, यसलाई कुनै पनि राजनीतिक दल, नेता वा अभियन्ताले आफ्नो स्वार्थका लागि प्रयोग गर्नु नहुने सुझाव दिएका छन्।

उमेरका कारण आफू र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसक्ने भए पनि युवाहरूको सोच, उद्देश्य र भावना बुझ्न इच्छुक रहेको उनले बताएका छन्। उनले लेखेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा जेनजी पुस्ताको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु।”

शाहले युवाहरूसँग “तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?” भन्ने प्रश्न गर्दै, यो आन्दोलनलाई राजनीतिबाट अलग राख्न र युवाहरूको आवाजलाई प्राथमिकता दिनु आवश्यक रहेको बताएका छन्। उनले र्‍यालीप्रति आफ्नो पूर्ण समर्थन रहने समेत प्रस्ट पारेका छन्।

  • न्युज बहार संवाददाता

थप