Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ महानगरपालिकाले दियो प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता

  •   १ वर्ष अघि | २६ साउन २०८२, आइतवार

साउन २५, काठमाडौँ । हामीले किनेर दैनिक पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई काठमाडौँ महानगरपालिकाले  तीव्रता दिएको छ । बर्खाको समयमा पिउने पानीबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढ्दै गएपछि प्रशोधित पानीको अनुगमन र कारबाहीलाई महानगरले एकसाथ अघि बढाइरहेको छ ।

महानगरका अनुसार पछिल्लो एक हप्तामा मात्रै विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको छ ।

असार र  साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरिसकिएको महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप