Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कानूनीरुपमै बहुविवाह गर्न सक्नेगरी विद्यमान कानून संशोधन गर्न लागिएको हो? : तोसिमा कार्की

  •   १ वर्ष अघि | २१ साउन २०८२, मङ्लबार

साउन २०, काठमाडौँ । बहुविवाहलाई वैधता दिन लागिएको चर्चाबारे मन्त्रालयको ध्यानाकर्षण गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले यसबारे प्रष्ट पार्न माग गरेकी छन् ।

सांसद कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई भेटेर पत्र बुझाउँदै यसबारे मन्त्रालयको स्पष्ट धारणा माग गरेकी हुन् ।

पुरुषले कानूनीरुपमै बहुविवाह गर्न सक्नेगरी विद्यमान कानून संशोधन गर्न लागिएको हो ? भनेर आज मंगलबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर संसद कार्कीले प्रश्न गरेकी छन्।

सांसद कार्कीले मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको विद्यमान अवस्थामा पुन: कानूननै संशोधन गर्न लागिएको प्रति आपत्ति जनाएकी छन ।

  • न्युज बहार संवाददाता

थप