Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाजिक सञ्जालहरू बन्द हुन भोलीसम्म समय लाग्ने इन्टरनेट सेवा प्रदायक संघको भनाई

  •   १ वर्ष अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणले सूचीमा नपरेका सामाजिक सञ्जालहरू बन्द गर्न दिएको निर्देशनको कार्यान्वयनमा इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले भोलीसम्म समय लाग्ने जनाएको छ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार, सरकारको निर्णय र प्राधिकरणको निर्देशन कार्यान्वयन गर्न प्राविधिक तयारीको खाँचो रहेको भन्दै भोलिसम्मको समय लाग्ने बताए। उनले भने, ‘प्राधिकरणको परिपत्र हामीले आधिकारिक रूपमा प्राप्त गरिसकेका छौँ, अब सामाजिक सञ्जाल बन्द गर्न प्राविधिक समिति गठनको प्रक्रिया अघि बढाउँदैछौँ, पूर्ण रूपमा बन्द गर्न भोलि साँझसम्म लाग्न सक्छ, आजै भने केही गरी सम्भव छैन।’

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, भदौ ५ गतेको मन्त्रिपरिषदको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठक र सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका २०८० को आधारमा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न आईएसपानलाई निर्देशन दिएको थियो।

बन्द गरिने सामाजिक सञ्जालमा फेसबुक, एक्स (ट्विटर), फेसबुक मेसेन्जर, युट्युब, ह्वाट्सएप, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, मास्टोडन, इन्स्टाग्राम, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेका छन्।

  • न्युज बहार संवाददाता

थप