जेठ ८, काठमाडौँ
। उपप्रधान तथा गृहमन्त्रीको सम्पत्ति सार्वजनिक भएको छ । गृहमन्त्री लामिछानेले
मंगलबार आफ्नो सहित आफ्नी श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक
गरेका छन ।
गृहमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हाल उनिसँग काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा स्थायी घर भएको जनाइएको छ । त्यस्तै गृहमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको विवरणमा देखिएको छ ।
पेस गरिएको विवरण अनुसार श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार पनि रहेको छ ।
लामिछानेले
आफ्नो सम्पत्ति विवरणमा उनको ग्लोबल आइएमई बैंकमा रहेको ५ हजार रुपैयाँ
र नेपाल
बैंक लिमिटेडमा रहेको १ लाख ५ हजार रुपैयाँ पनि देखाएका छन् ।
यस्तै गृहमन्त्री
लामीछानेको श्रीमती निकिता पौडेलको माइती तर्फ सगोलमा गोपिकृष्ण सेन्ट्रल
कम्प्लेक्समा २५ प्रतिशत शेयर, १० रोपनी जग्गा, २० केजी चाँदी, ८० तोला सुन रहेको उल्लेख गरिएको छ ।
विवरणमा घर किन्नका लागि १ करोड ५० लाख ऋण लिएको लेखीएको छ ।
- न्युज बहार संवाददाता