जेठ ४, काठमाडौँ । एक जना व्यक्ति काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार पक्राउ परेका व्यक्ती सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल हुन ।
उनलाई आज शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको हो ।
- न्युज बहार संवाददाता