पुस २३, काठमाडौँ । आज मंगलबार बिहानै ६ बजेर ५० मिनेटकोसमयमा गएको भुकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमाना क्षेत्र तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
उक्त
क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका
अनुसार उक्त भुकम्पको धक्का नेपालका प्राय: ठाउँमा महसुस गरिएको हो । ७
म्याग्निच्युडको भुकम्पले तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा
ठूलो धक्का दिएको थियो ।
भूकम्पको
केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको खानी तथा भूगर्भ विभागका भरत
कोइरालाले बताएका छन ।
चिनमा भएको
भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक परेको जानकारी प्राप्त
भएको छ ।
भूकम्पको
क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
- न्युज बहार संवाददाता