जेठ ३२, ताप्लेजुङ
। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोले घर बगाउँदा
चार जनाको मृत्यु भएको छ । बिहिबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका
चारजनाको मृत्यु भएको हो । उक्त घटनामा दुईजना घाइते समेत भएका छन् ।
गत
बुधबार रातिदेखि आएको अविरल वर्षाले बाढी आउँदा फक्ताङलुङ गाउँपालिका क्षेत्रमा
छवटा पुल समेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुल बगेपछि यातायातका
साधन सञ्चालनमा समस्या भएको छ ।
- न्युज बहार संवाददाता