Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रसुवाबाट आएको बाढीले धादिङको गल्छी क्षेत्रमा असर, झोलुङ्गे पुल बगायो

  •   ४ हप्ता अघि | १० भदौ २०८३, बुधबार

भदौ १०, काठमाडौँ ।  रसुवा क्षेत्रबाट आएको बाढीको प्रभाव धादिङको गल्छी क्षेत्रमा समेत देखिएको छ। बाढीका कारण गल्छीमा रहेको एउटा झोलुङ्गे पुल बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिएकी छन्।

उनका अनुसार धादिङमा हालसम्म ठूलो मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि बाढीको बहाव निरन्तर बढिरहेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा निगरानी र सतर्कता थप बढाएको छ।

खोला तथा नदी किनारमा रहेका जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम अघि बढाइएको छ। बाढीको जोखिम विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीमा बढी रहेकाले स्थानीयलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले बाढीको अवस्था निरन्तर निगरानी गरिरहेको तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक उद्धार तथा सुरक्षा तयारीसमेत बढाएको जनाएको छ।

 

  • न्युज बहार संवाददाता

थप