Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव

  •   ३ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । शिक्षक सरुवा मापदण्डका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सुझाव माग गरेकी छन् ।

शिक्षा मन्त्रालयले जिल्लान्तर शिक्षक सरुवा स्थगित गरी त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदै छ । यसका लागि प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग शिक्षामन्त्री श्रेष्ठले छलफल गरेर सुझाव माग गरेकी हुन् ।

मन्त्री श्रेष्ठले पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकहरूसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् । शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्डका विषयमा प्रधानाध्यापकहरूले सुझाव समेत दिएका थिए ।

मन्त्री श्रेष्ठले आज विभिन्न प्रदेशका शिक्षकहरूसँग सुझाव माग गरेकी छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकहरूसँग सुझाव माग गरेकी हुन् ।

  • न्युज बहार संवाददाता

थप