Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

किसानलाई उन्नत जातका बाख्रा वितरण

  •   ४ हप्ता अघि | ७ असार २०८१, शुक्रबार

असार ७, इलाम । ग्रामीण किसानको जीवनस्तर उकास्न इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले बाख्रा वितरण गरेको  छ । बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ब्याडे बोकामाङसेबुङ गाउँपालिकाले वितरण गरेको हो ।

२५ प्रतिशत किसानको लागत साझेदारी तथा कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदानमा बाख्रा वितरण गरिएको हो ।

यस कार्यक्रमअन्तर्गत उक्त वडाका सरस्वती बाख्रापालन समूह, सगरमाथा बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् ।

१३ जना किसान प्रत्येक समूहमा आबद्ध छन् । 

  • न्युज बहार संवाददाता

थप