Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा बिचमै रोकेपछि संसद बैठकमा विवाद

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधी सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा बिचमै रोकेपछि संसद बैठकमा विवाद सुरु भएको छ । प्रतिनिधी सभा बैठकको विशेष समयमा बोल्दै सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै  संसद ढकालले आफ्ना कुरा राखिरहेका थिए । 

आफ्नो कुरा राखिराखेका संसद ढकाल समयमा विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले उनलाई रोकेका थिए । सभामुखले ढकाललाई रोकेपछि बोल्न नदिइएको भन्दै उठेर रास्वपा सांसदहरूले विरोध गरेका थिए । 

सभामुखले यही विषयमा विवाद भएपछी पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग लामिछानेले गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप