जेठ ८, काठमाडौँ
। आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्ने भएका छ । जसमध्ये प्रतिनिधिसभाको
बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि समय तोकिएको छ ।
सभामुख
देवराज घिमिरेले आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने
तथा प्रतिनिधिसभा
नियमावली, २०७९ को
नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने लगायतको सम्भावित
कार्यसूची रहेको छ ।
- न्युज बहार संवाददाता