Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउनु हुदैन, भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने छ : गगन थापा

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने बताएका हुन ।

यस विषयमा उनले भने,‘अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, बलियो मान्छे होस् गलत गलतै हुन्छ,सही सही नै हुन्छ भनेर भन्ने कांग्रेस पार्टीको यो दृष्टिकोण दायाँ बायाँ कहिले पनि हुनुहुन्न ।’

महामन्त्री थापाको भनाइ अनुसार सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने छ, पार्टी र कार्यकर्ताले उसको दोषको भारी बोक्न सक्दैनन् ।

 

  • न्युज बहार संवाददाता

थप