चैत १०, काठमाडौँ
। मन्त्रिपरिषद् बैठक आज शुक्रवार बस्न लागेको छ। बिहीबार नै नियमित बस्नुपर्ने
बैठकलाई आज शुक्रवार सारिएको हो । आज शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को
बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।
अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह
शनिबारबाट अवकाशमा जाँदै छन् ।आज शुक्रवार उनलाई बिदाइ गरिने कार्यक्रम रहेको
छ।
सिंहको अवकाश सँगै नेपाल प्रहरीमा ३० औँ आईजीपी बन्न प्रहरी
अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
यस प्रतिस्पर्धामा ५ जना अतिरिक्त
महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदारका रुपमा रहेका छन । चैत ६ मा उनिहरु अतिरिक्त महानिरीक्षक (एआईजी)मा
बढुवा भएका हुन। वढुवा हुनेहरुमा टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली रहेका छन। उनिहरु ५ जनानै आईजिपीका लागी प्रतिस्पर्धी हुन। तर उनीहरूमध्ये पछिल्लो समय दुई
जनाको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
आईजीपी
हुने दौडमा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि रहेका छन।
- न्युज बहार संवाददाता