असार ३, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बैठक सुरु हुनेछ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुने जनाइएको छ।
सङ्घीय संसद् सचिवालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने जनाएको छ ।
सम्भावित कार्यसूची अनुसार आजको बैठकमा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता