जेठ ३२, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वर स्थित संसद् भवनमा बिहान ११ बजे बस्ने समय तोकिएको छ।
आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने कार्यसुचि रहको छ।
संसद् सचिवालयले आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता