फागुन
१४, काठमाडौँ । विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै नेकपा एमालेले
आजको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
एमाले सांसदहरूले
बैठक सुरु हुने वित्तिकै सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र
भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै बैठक
अवरोध गरेका हुन् ।
त्यसपछि विवादित
मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै एमाले सांसदहरूले नाराबाजी समेत गरेका छन
।
- न्युज बहार संवाददाता