साउन ४, काठमाडौँ । संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले हालेको संशोधन आपत्तिजनक भएको नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।
डा. कोइरालाका
अनुसार गठबन्धनका दलहरूबीच भएको सहमति विपरीत संशोधन हाल्नु एमालेको दोहोरो चरित्र
मात्रै नभएर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई भएको धोका
हो ।
यस विषयमा उनले भने ‘नेकपा एमालेका सांसदहरुले
राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ, गठबन्धनका दलबीच भएको सहमति र
समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु
एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको
धोका हो ।’
- न्युज बहार संवाददाता