चैत
१०, पोखरा । माओवादीका दुईजना मन्त्रीहरुले गण्डकी प्रदेश सरकारवाट आज राजीनामा
दिएका छन्।
उनीहरु
दुबैले आज शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिएका हुन्।
माओवादी
संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर
जग्जालीले राजीनामा दिएका हुन्। आजै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता
लिने तयारी गरेको छ।
सरकारलाई
दिएको समर्थन पनि फिर्ता लिएपछी एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा
परेको छ।