बैशाख २२, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरेको आरोप लागेका नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य समेत रहेका टोपबहादुर रायमाझी फरार भएका छन्।
उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ तर उनी फरार रहेका छन।
टोपबहादुर विरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो र प्रहरीको अपेक्षा उनी बिहीबार प्रहरी कार्यालयमा उपस्थित हुने थियो। तर प्रहरी उच्च स्रोतले बताए अनुसार बिहीबार साँझसम्म सम्पर्कमा नआएर उनी फरार भएका छन।
- न्युज बहार संवाददाता