असार १, काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पनि बोलाइएको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज पनि सुनुवाइका लागि बोलाइएको छ उनी हिजो बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका थीए।
हिजो बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए भने आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्ने कार्यसुचि रहेको छ ।
बैठक
बिहान ८ बजेका लागि बोलाइएको छ ।
- न्युज बहार संवाददाता