फागुन
१३, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँबानेश्वर स्थित संसद् भवनमा बिहान
११ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
संसद्का
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक
दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति
माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने
कार्यसूची रहेको छ ।
त्यसैगरी
संसद् सचिवालय अनुसार आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक
दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची
रहेको छ ।
- न्युज बहार संवाददाता