जेठ २८, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आज आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११: ०० बजेका लागि बैठक बस्ने समय तालिका बनाइएको छ।
संसद् सचिवालयले आजको बैठकमा बजेट माथिको छलफल जारी रहने र आज पनि सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेको जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता