बैशाख १५, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजे बस्न लागेको हो । यस बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ ।
प्रतिनिधिसभाको सम्भावित प्रकाशित कार्यसूचीमा आज पनि सो विधेयक समावेश भएको छैन ।
आजको बैठकमा सङ्घीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।
- न्युज बहार संवाददाता