चैत २९, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । उनले आज शुक्रबार पक्राउ परेपछि प्रहरी नियन्त्रणकै क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदा आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताएका हुन ।
उनका
अनुसार उनलाई प्रहरीले पक्राउ गरेको नभई उनले आफैँ गिरफ्तारी दिएका हुन । उनले भने
‘यो
तस्करविरुद्धको लडाइँ हो, म आत्तिएको छैन, अर्को कुरा मैले आफैँ पक्राउ देको है
फेरि....।’
प्रहरीले
आज उनलाई भारतबाट पक्राउ गरेको हो । उनलाई आज पक्राउ गरि आज नै काठमाडौँ ल्याएको छ
। यता प्रहरीले भने उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
- न्युज बहार संवाददाता