साउन १८, काठमाडौँ । सरकारले राजस्व अनुसन्धान विभागमार्फत नै सुन तस्करी प्रकरणको छानबिन प्रभावकारी भइरहेको भन्दै अर्को समिति बनाउन आवश्यक नभएको बताएको छ ।
आज बिहीबार सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरण अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताएकी हुन ।
मन्त्री
शर्माले राजस्व अनुसन्धान विभाग अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय सरकारको
शक्तिशाली र अधिकार सम्पन्न निकाय भएकोले अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान
पनि प्रभावित हुने समेत बताइन् ।
- न्युज बहार संवाददाता