मंसिर १९, काठमाडौँ। आज सर्वोच्च अदालतमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुने छ । आजका लागि सर्वोच्चले सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गर्दै पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।
यसअघिको सुनुवाइमा न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा १४ रिटको एकैसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
मंसिर १५ भित्र न्यायाधीश शर्माको इजलासले टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारलाई आदेश गरेको थियो ।
- न्युज बहार संवाददाता