असोज ५, काठमाडौँ । बुधबारदेखी सुरु भएको शिक्षकहरुको आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलन आज पनि चल्ने देखिएको छ ।
हिजो बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।
आज फेरि शिक्षकहरूका मागको बारेमा बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बताइएको छ । सहजरुपमा सहमति जुटाएर सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने सल्लाह भइरहको छ ।
- न्युज बहार संवाददाता