बैशाख ८, काठमाडौं । काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्च अदालतले आदेश गरेको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने भनि फोहोर उठाउन छोडे पछी यस निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन।
उक्त रिटमा आज शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतले ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् ।
यसका साथै सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ समेत गराएको छ ।
- न्युज बहार संवाददाता