जेठ
१९, काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउँछु भनि ठगी गरेको आरोपमा
पक्राउ परेका १८ प्रतिवादीको बयान आजबाट सकिएको छ।
आज शुक्रबार भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री बालकृष्ण खाण, र हरिभक्त महर्जनको बयान लिइएको थियो।
यो मुद्दामा ३० जना प्रतिवादी रहेका थिए जसमध्ये १८ प्रतिवादीको बयान सकिएको र अब आइतबारदेखि थुनछेक बहस सुरू हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता