चैत १६, काठमाडौँ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।
यसैक्रममा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागिसकेका छन्।
नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको नामसमेत टुंग्याइसकेको छ भने एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ।
बुधबार साँझ सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबन्डा करिब टुंग्याएको थियो।
दलहरूले आज मन्त्रीका नाम प्रधानमन्त्रीलाई बुझाएमा आजै मन्त्रिपरिषद बिस्तार हुनेछ।
नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने जसपाले २, नेकपा माओवादी केन्द्रले ५, र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति सत्ता गठबन्धन भित्र भएको जानकारी प्रप्त भएको छ।
आज बिहान बालुवाटारमा कुन दलले कुन मन्त्रालय पाउने छलफल गरेपछि निर्णय गर्ने तयारीमा दलहरू रहेका छन्।
- न्युज बहार संवाददाता