असोज १७,
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहानका लागि बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प र त्यसबाट भएको क्षति तथा सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालय अनुसार बैठकमा भूकम्पबाट भएको क्षति, पुनर्स्थापना, राहत लगायतका विषयमा छलफल हुने छ ।
- न्युज बहार संवाददाता