चैत
७, काठमाडौँ। उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि निर्वाचन
आयोगले समय दिएको छ।
चैत ८
गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्नु पर्ने जानकारी आयोगले सम्बन्धीत सबैलाई
दिएको छ।
तनहुँ १
र बारा २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने र उपनिर्वाचनमा भाग लिन चाहने दलले
आयोगमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको हुन्छ।
आयोगले यसअघि
चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिइसकेको छ।
निर्वाचन
आयोगले बारा २, चितवन २, तनहुँ १
मा २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।
- न्युज बहार संवाददाता