बैशाख २१, पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
आज बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
आजको प्रदेशसभामा विश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको विपक्षमा २२ मत र पक्षमा ३५ मत परेको सभामुख कृष्णप्रसाद धितालले जनकारी गराएका छन ।
- न्युज बहार संवाददाता