चैत
२२, काठमाडौँ। आज बुधबार बसेको माओवादी केन्द्रको पदाधीकारी बैठकले कोशी प्रदेशको
नाम पहिचानमा आधारमा राखिनुपर्ने आफूहरूको अडान रहेको बताएको छ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले कोशी नाम राखिएपछि आन्दोलन भइरहेको र माओवादीको धारणा के हो भन्नेजस्ता प्रश्न उठेकोले पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको बताए।
प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते प्रदेश सभाबाट कोशी राखिएको थियो।
- न्युज बहार संवाददाता