असार २७, काठमाडौँ। करिब एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।
आजबाट सुरु भएको केन्द्रीय समिति बैठक करिब एक सातासम्म चल्नेछ।
सभापति, उपसभापति र महामन्त्रीहरूबीच गत असार २० गते देउवा निवास धुम्बाराहीमा भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी भएको थियो।
आज हुन लागेको बैठकमा पार्टीका गतिविधि, समसामयिक राजनीतिक विषय र भ्रातृ संगठनहरूको अवस्थाबारे छलफल हुने जनाइएको छ।
- न्युज बहार संवाददाता