भदौ ५, काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । नयाँ बानेश्वरस्थित संघिय संसद भवनमा दिउँसो तीन बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेकपा एमालेले अवरोध नगर्ने जनाएको छ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार राति बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार भएपछि एमाले संसद बैठक सञ्चालन गर्न दिने भएको हो ।
- न्युज बहार संवाददाता