भदौ ३, काठमाडौँ । आज आइतबारलाई बोलाइएको
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठक र सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि भदौ ५ सम्मका लागि बैठक स्थगित गरिएको हो ।
- न्युज बहार संवाददाता