Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ । आज शुक्रबार पनि नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहने छ। केन्द्रीय समिति बैठक हिजो बिहिबारदेखि सुरु भएको हो र भोलिसम्म चल्नेछ । 

हिजोको केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए । 

हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिने र त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जनाएका छन।

  • न्युज बहार संवाददाता

थप