बैशाख ७, काठमाडौँ । काठमाडौँ
महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आन्दोलनको क्रममा सार्वजनिक
सम्पत्तिमा क्षति भएको दाबी गर्दै राप्रपालाई जरिवाना तिर्न पत्राचार गरेको छ।
शुक्रबार
राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको महानगर स्रोतले जनाएको छ ।
महानगरका
अनुसार आन्दोलनको क्रममा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने
शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार
जरिवाना तिराउने निर्णय भएको हो । महानगरले यही निर्णय अनुसार राप्रपालाई महानगरले
पत्र पठाएको हो
- न्युज बहार संवाददाता